रिलायन्स लाइफको शेयर आज नेप्सेमा सुचिकृत हुदैं

५ बर्ष अगाडि

काठमाडौं – हालै ६३ करोड रुपैयाँको आईपीओ बिक्री गरेको रिलायन्स लाइफ इन्स्योरेन्स शेयर आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । कम्पनीको कुल २ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर आज नेप्सेमा सुचिकरण हुन लागेको हो । 
आज यस सम्बन्धमा नेप्से र कम्पनी बीच आवश्यक सम्झौता हुदैछ । साथै, यही हप्तादेखि नै शेयर कारोबार शुरु हुने बताइएको छ । 
हालसम्म उक्त कम्पनीको शेयर डिम्याट खातामा आइसकेको आरएलआईको संकेतमा उक्त कम्पनीको शेयर डिम्याट खातामा आएको हो । 
कम्पनीको पपहिलो कारोबारको लागि ओपनिङ रेन्ज प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने सक्ने बताइएकोछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया