कृषि सामग्री कम्पनी लिमिटेडले तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने ठेकेदारहरुको ठेक्का सम्झौता रद्द गरेको छ ।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गरीएको कम्पनीले जनाएको छ ।
कृषि सामग्रीक कम्पनीले दुवै ठेकेदारले राखेको पाँच पाँच करोड धरौटी रकम पनि जफत गर्ने प्रकृया अगाडी बढाउँदै थप कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ ।
ति दुई ठेकेदारहरुले ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा ठेक्का पाएका थिए ।
दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।
तर सम्झौताका मिति सकिँदासम्म पनि उनीहरुले सामान सिपमेण्ट हुने वा भएको कुनै वस्तुगत प्रमाण पेश नगरेकोले कारबाही गरिएको जनाइएको छ ।

प्रतिक्रिया