थप ९ जनाको मृत्यु , मृतकको संख्या २ सय ८९ पुग्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।

मोरङका ४५ वर्षीय पुरुष र ६४ वर्षीया महिला, झापाका ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया