बैंकहरुमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तक्र्रिया गर्दै एक्यान

५ बर्ष अगाडि

काठमाडौं – नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले बैंकहरुमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ । एक्यानले भाद्र २३ गते मंगलबार दिउँसो ४ बजे देखि ६ः३० सम्म यस्तो कार्यक्रम लागेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा प्रमुख वक्ताका  रुपमा  जोखिमको आधारमा आन्तरिक लेखापरीक्षणको आवस्यकताको बारेमा बताउने छन् । 
जोखिमको आधारमा हुने आन्तरिक लेखापरीक्षणले संस्थाको जोखिम सम्बन्धी प्रारुपको आधारमा आन्तरिक लेखा परीक्षण कार्य सञ्चालन गर्ने र सञ्चालक समितिलाई संस्थाको जोखिम वहन क्षमता, संस्थाले जोखिम न्युनिकरणको लागि अवलम्बन गरेका कार्यहरु र हाल अवलम्बन गरेका कार्यहरु यथेष्ट छ छैन भन्ने विस्तृत जानकारी गराउनु रहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी जानकारी गराए । 
कार्यक्रममा मर्जर इन्डिया एलएलपीका पार्टनर चन्द्र सेखरले योजनागत आधारमा गरिने आन्तरिक लेखापरीक्षणको कमीकमजोरी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको लागि आवश्यक तयारी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको आशातित नतिजा, नेपालमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको चुनौतीहरु बिसयबस्तु माथि प्रस्तुति राख्ने छन  । 
अन्तक्र्रिया कार्यक्रम यही मिति २०७७ भाद्र २३ गते मंगलबार दिउँसो ४ बजे देखि ६ः३० सम्म हुन गइरहेको छ । अन्तक्र्रियामा नेपाल बैंक, नविल बैंक, ग्लोबल आइएमई बैंकका  प्रमुख आन्तरिक लेखापरीक्षकहरु ले  हालको प्रचलित अभ्यासको बारेमा प्रकाश पार्ने छन् भने , स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख आन्तरिक लेखापरीक्षक श्री प्रसाद भण्डारी ले कार्यक्रम संचालन गर्ने छन ।्
अहिलेको महामारीमा अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको, संघ सस्था को कार्यालय भ्रमण तथा भौतिक परिक्षण चुनौतिपूर्ण भएको अबस्थामा जोखिम मुल्यांकन महत्वपूर्ण रहेको र यसमा आधारित भएर लेखापरीक्षण गर्नु को विकल्प नभएको सन् दर्भ मा यो कार्यक्रम सम्पूर्ण सुचिकृत सस्थाहरुलाई महत्व रहने संघका उपाध्यक्ष सीए रमेश धितालले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया