अर्थमन्त्रीको राजीनामापछि सेयर बजारमा हरियाली

५ बर्ष अगाडि

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरीएपछि सेयर कारोबार उचालिएको छ । साताको पहिलो दिन सेयर कारोबार खुल्ने वित्तिकै सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको थियो। 

आइतबारको कारोबार खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिएपछिको पहिलो कारोबार हो ।  बजार खुल्ने वित्तिकै शुरु भएके बढ्ने क्रममा केहि मिनेट पछि ब्रेक लागे पनि कारोबार हुने सबे उपसमूहहरु हरियाली छाएका छन् ।

लगानीकर्ताहरुका अनुसार खतिवडाको बहिगर्मनपछि लगानीकर्ताको मनोवल बढेका कारण बजार उचालिएको हो। 

आफ्नो कार्यकालको सुरुमै शेयरबजारप्रति नकारात्मक धारण राखेपछि खतिवडा शेयर बजारका लगानीकर्ताहरुबाट नरुचाइएका अर्थमन्त्री हुन्। 

अर्थमन्त्री खतिवडाले कार्यकालको सुरुमा शेयरबजार अनुत्पादक क्षेत्र भन्दै नकारात्मक धारणा राखेका थिए। यसै कारण लगानीकर्ताहरु उनको निरन्तरता भन्दा पनि बहिर्गमनमै खुसी देखिन्छन्।

तर पछिल्लो समय भने उनी शेयर बजार प्रति सकारात्मक नै भएको थिए र शेयर बजारको सुधारको लागि केहि नीतिगत व्यवस्था गर्न निर्देशन समेत दिएका थिए।

तर खतिवडाको बहिर्गमनले मात्र नभइ आगामी आउने अर्थ मन्त्री र उनको शेयर बजार प्रतिको धारणले समेत बजारमा प्रभाव पार्ने लगानीकर्ताहरुको भनाई छ । 

उनको बहिर्गमनपछि मात्र होइन  मात्र होइन उनको कार्यकालको बीच बीचमा समेत खतिवडाको राजिनामाको कुराले बजारमा चलखेल हुने गरेको थियो। 

खतिवडाको शेयर बजारको सुधारको लागि सरकारले चासो नदेखाएको भन्दा उनकै राजिनामा माग्दै लगानीकर्ता आमरण अनसनमा समेत बसेका थिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया