प्रहरी प्रमुखमाथि नै अनुसन्धान

७ बर्ष अगाडि

बर्लिन– जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् । 
अपहरण सम्वन्धी मुद्धामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । 
अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए । 
उनले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया