अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाले दिएको राजिनामा स्वीकृत गरेकी हुन् ।
खतिवडाले सम्हाल्दै आएको अर्थ मन्त्रालय र सूचना तथा सञ्चार प्रविध मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ ।

प्रतिक्रिया