गुल्मीमा नयाँ स्थापना भएको कर दाता सेवा कार्यालयले एक महिनामै रु ३ करोड ५० लाख राजस्व संकलन गरेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा अघिल्लो महिना स्थापना भएको करदाता सेवा कार्यालयले एक महिनाकै अवधिमा सो राजस्व संकलन गरेको हो ।
यो कार्यालयबाट कर संकलन, खाता प्रमाणित, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा दिँदै आएको छ ।
करसम्बन्धी काम गुल्मीमा हुन थालेसँगै यहाँका व्यवसायीलाई पाल्पा र बुटवल जानपर्ने बाध्यता अत्य भएको छ ।
करदाता सेवा कार्यालय गुल्मीमा आएपछि एक महिनाको अवधिमा १ सय ५० वटा व्यवसाय आयकरमा र ३० वटा भ्याटमा दर्ता भएको छ ।
७ सय व्यवसायको अन्तर मूल्य नवीकरण भएको कार्यालय प्रमुख विनोदकुमार माझीले बताए । व्यक्तिगत प्यान नम्बर ३ सय ५० जनाले लिएका छन् । एक महिनाको अवधिमा ३ सय जनाले कर चुक्ता गरेका छन् ।
प्रतिक्रिया