पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक थप १३ सय ५९ जनामा कोरोना संक्रमण , कुल  संक्रमितको संख्या ४४ हजार नाघ्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ। क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्।


 

५ बर्ष अगाडि

प्रतिक्रिया