अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् ।
आज बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले अब राष्ट्रियसभा सदस्य नरहने भएएकोले राजीनामा दिन सुझाएपछि उनले बेलुकासम्म राजनीनामा दिन सुझाएका हुन् ।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।
नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।
सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।
प्रतिक्रिया