थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो

५ बर्ष अगाडि

नेपालमा बितेको २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना  संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित  डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।

यस्तै सो अबधिभर १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको छ।

देशभर सक्रिय संक्रिमित १८ हजार ४ सय १३ रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया