पछिल्लो समय निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहिबार भने ०.१५ अंकले घटेको छ ।
कारोबारको सुरुमा उकालो यात्रा तय गरेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.०१ प्रतिशतले घटेको छ ।
आज ११ बजे १५१०.५७ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १५१०.४२ को बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचक ओरालो लागे पनि सेन्सेटिभमा भने हरियाली नै कायम छ । सेन्सेटिभ सुचकांक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ०.१४ अंकले बढेर ३०४.७३ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये अँन्तिम समय सम्म आउँदा ७ उपसमूह भने हरियोमा नै कायम रहेका छन ।
आज कारोबारमा अन्तिम समयसम्म आएका १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता शेयर ३९ हजार २०५ पटक खरिद विक्री हुदाँ २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १९ लाख ८३ हजार ९०० कित्ता शेयर ४ हजार ७८६ पटक खरिद विक्री हुदाँ ४१ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।
प्रतिक्रिया