काठमाडौ – गत आर्थिक बर्षमा बैदेशिक लगानी झण्डै ५० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो ।
गत आवमा रु. १९ अर्ब ४८ करोड बैदेशिक लगानी भित्रिएको छ । जुन अघिल्लो आवको तुलनामा ४९.१० प्रतिशतले बढी हो । अघिल्लो आवमा १३ अर्ब ६ करोेड बैदेशिक लगानी भित्रिएको छ ।
कोरोना भाइरसको बावजुत पनि गत आवमा बैदेशिक लगानीमा उत्साह जनक प्रगति देखिएको छ ।
यस्तै, गत आवमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी रु.१४ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ६ करोड रहेको थियो ।
प्रतिक्रिया