आज पनि बढ्दै शेयर बजार, १२ बजेसम्म ८ अंकले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय निरन्तर बढ्दै गएको नेपाली शेयर बजार बिहीबार पनि बढेको छ । बिहीबार शेयर कारोबार सुरु भएको पहिलो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८.०४ अंकले बढेको छ । 
१२ बजेसम्म नेप्से परिसुचक ०.५३ प्रतिशतले बढेर १५१८.६१ विन्दुमा पुगेको हो । यद्यपि, कारोार सुरु भएको केही समयमा बजार घटेको थियो । तर, १२ बजेसम्म आउँदा बजार बढेको छ । 
नेप्सेकाअनुसार पहिलो घण्टामा ८६ करोड ९२ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । हालसम्म १६९ कम्पनीको ४२ लाख ७३ हजार ९६३ कित्ता शेयरको १३ हजार ७८० पटक कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया