काठमाडौं – गत आर्थिक बर्षको असारसम्म १९६ ओटा बैंक तथा वित्तिय संस्था मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
यतिका संस्था ४६ संस्था कायम भएको राष्ट्र बैंकको भनाइ छ । मर्जर प्रक्रियामा सामेल भएपछि १५० संस्थाहरुको इजाजतपत्र खारेज गरिएको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ असार मसान्तसम्म यतिका सस्था मर्जर प्रक्रिया अगाडि बढेका हुन् ।
राष्ट्र बैंककाअनुसार मर्ज हुनेमा अधिकांश लघुवित्त वित्तिय संस्थाहरु रहेका छन् । यस्तै, बाणिज्य बैंकहरु पनि एक आपसमा मर्ज भएका छन् । कतिपय बाणिज्य बैंकले विकास बैंक गाभेको र विकास बैंकले लघुवित्त वित्तिय संस्थालाई गाभ्ने गरेको पनि पाइएको छ ।
प्रतिक्रिया