नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ।
बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।
तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्।
प्रतिक्रिया