२५ अंकले बढ्यो नेप्से , ४ अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ  २५.५८ अंकले बढेको  छ ।

कारोबारको सुरुबाट नै उकालो यात्रा तय गरेको  नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.७ २ प्रतिशतले बढेको छ ।

आज १४८४.९९  को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १५१०.५७ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये अँन्तिम समय सम्म आउँदा पनि जीवन बिमा र गैर जीवन बिमा भने अँन्तिम समय सम्म आउँदा पनि रातोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १८६ कम्पनीको ९६ लाख ६३ हजार ८६ कित्ता शेयर ४५ हजार २७२ पटक खरिद विक्री हुदाँ ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ७ लाख ३२ हजार ८७१ कित्ता शेयर ५ हजार ९३२ पटक खरिद विक्री हुदाँ  ६७ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया