काठमाडौं – गत आर्थिक नेपालदेखि हुने चाउचाउको निर्यात ४० प्रतिशत घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक बर्षको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवमा चाउचाउ र पास्ता जस्ता बस्तुको निर्यातमा सो बराबरको ह्रास आएको केन्द्रले बताएको छ । गत आवमा ६९ करोड ९७ लाख ८ हजार रुपैयाँको चाउचाउ निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४५ करोड ९४ लाख रुपैयाँले कम हो । अघिल्लो रु. १ अर्ब १५ करोड ९१ लाखको चाउचाउ निर्यात भएको छ ।
बिशेषगरि कोरोना भाइरसको महामारीका कारण पनि चाउचाउमा निर्यातमा कमी आएको हुन सक्ने बताइएको छ । कोरोना भाइरसको महामारीले गत आवको ४ महिनासम्मको बैदेशिक व्यापार नमज्जाले प्रभावित भयो । साथै, नेपालका उद्योग पनि पुर्ण रुपमा सञ्चालन भएनन् । फलस्वरुप चाउचाउ जस्ता बस्तुको निर्यात घटेको हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया