सञ्चारमन्त्री बाँस्कोटाको जागिर खाइदिने मिश्रलाई अख्तियारले बोलायो

५ बर्ष अगाडि

तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । 

७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि मिश्रलाईअख्तियारले  बोलाएको हो । 

अख्तियारले बुधबार सार्वजनिक सूचना जारी गर्दै कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । 

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ ।

त्यसअघि गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया