काठमाडौं – चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउनमा रु. २ अर्ब ७० करोड निर्जीवन बीमाशुल्क संकलन भएको छ । बीमा समितिबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
साउन महिनामा १९ निर्जीवन बीमा कम्पनीले यतिका बीमाशुल्क संकलन गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने समितिमा तथ्यांक बुझाएको छैन ।
उक्त कम्पनीबाहेक अन्य कम्पनीहरुले यस अवधीमा २ लाख ४१ हजार ४३८ हजार ओटा बीमालेख जारी गरेका छन् ।
बीमाशुल्क संकलन गर्ने मामलामा सगरमाथा इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले ३० करोड बीमाशुलक संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको शिखरले २९ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्सले २३ करोड रुपैयाँ उठाएको छ ।
हेर्नुहोस, कुन कम्पनीको कति बीमाशुल्क ?
नेपाल इन्स्योरेन्सः ११ करोड
दि ओरियण्टलः १४ करोड
नेशनल इन्स्योरेन्सः १२ करोड
हिमालयन जनरलः ६ करोड
युनाइटेड ८ करोड
प्रिमियरः १८ करोड
एभरेष्टः १० करोड
नेकोः २२ करोड
सगरमाथाः ३० करोड
प्रभुः ११ करोड
आईएमई जनरलः ११ करोड
प्रुडेन्सियलः १२ करोड
शिखरः २९ करोड
लुम्बिनी जनरलः १३ करोड
एनएलजीः १८ करोड
सिद्धार्थः २३ करोड
जनरल इन्स्योरेन्सः ७ करोड
अजोडः ११ करोड
सानिमाः ४ करोड
स्रोतः बीमा समिति
प्रतिक्रिया