एनएलजी इन्स्योरेन्सको अवितरीत हकप्रद बाँडफाँड

५ बर्ष अगाडि

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले सोमबार उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो । 
कम्पनीले  आज एक सुचना जारी गर्दै यस्तो बताएको हो । कम्पनीले संस्थापक तर्फको ८१,२२४.७५ र सर्वसाधारण तर्फको ७९.८५३.२५ कित्ता अवितरीत हकप्रद शेयर साउन २२ देखि २९ गतेसम्म शिलवन्दी बोलपत्रद्धारा खरीद गर्न आह्वान गरेको थियो । त्यसमा परेको आवेदनको आधारमा सोमबार बाँडफाँड गरिएको हो । बोलपत्रदाताहरुको रोहवरमा नै बाँडफाँड गरिएको बताइएको छ । 
यस्तै, बोलपत्र नपरेकाहरुको रकम भदौं १७ अर्थात् बुधबारसम्म फिर्ता गरिने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया