पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न आग्रह गरेका छन्।
सोमबार बेलुका ट्वीटरमा शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई मेन्सन गर्दै भट्टराईले जनप्रतिनिधि÷शिक्षक÷कर्मचारीले अनिवार्य रुपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न आग्रह गरेका हुन्।
पोखरेलले पुस्तकालय दिवसको शुभकामना दिएको तस्बिरलाई राख्दै भट्टराईले शिक्षामन्त्रीलाई पद चिन्ह छोड्न तीन सुझाव दिएका छन्।
उनले जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनसमेत आग्रह गरेका छन्। भट्टराईले विश्वविद्यालयमा हुने भागबण्डा अन्त्य गर्न समेत माग गरेका छन्।
प्रतिक्रिया