नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम अबको अर्थमन्त्री बन्ने भएका छन् । यो कुराको खुलासा नेकपाकै स्थायी समिति सदसइ तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले गरेका छन् ।
रातोपाटीसँगको कुराकानीमा नेता शर्माले गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको बताए ।
आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने दाबी गरे ।
‘गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएकाले पनि त्यसको कार्यान्वयन गर्ने बेलामा उहाँलाई सरकारमा लैजानुपर्ने हुन्छ,’ उनले भने , ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रावकारी हुन्छ ।’
राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य बनेर २ वर्ष मन्त्री भएका खतिवडा भदौ २१ गतेपछि फेरि राष्ट्रिय सभामा सिफारिस हुन्छन् कि हुन्नन् भन्नेमा आशंका उब्जिएका बेला शर्माले यस्तो खुलासा गरेका हुन् ।
यसका पछाडि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिसका प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन् ।
उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न संकेत देखाएका छन् । नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ।
खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। शर्माले खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रियसभामा पठाएर उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया