८ हजार ७० जनाले मात्र पाए समाज लघुवित्तको आइपिओ, ५ लाख ३९ हजार ३०० जनाको हात खाली

५ बर्ष अगाडि

समाज लघुवित्त वित्तीय संस्थाको शेयर आठ हजार ७० जनाले  मात्र पाएका छन् । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सोमबार भएको बाँडफाँडमा उनीहरूले १० कित्ताको दरले शेयर पाएका हुन् । 

योग्य आवेदकमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खालि भएको छ।

लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको मध्ये ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया