काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।
राजधानीको ग्राण्डी अस्पतालमा गरिएको परिक्षणको क्रममा उनलाई कोरोना भाइरस परिक्षण देखिएको हो ।
श्रीमतीलाई ज्वरो आएपछि आईतबार जाँचका लागि ग्रान्डी अस्पताल पुगेका उनको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
तर श्रीमतीको भने नगेटिभ देखिएको मेयर शाक्यले बताए ।
‘श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौ’ उनले भने, त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो ।’
होम आइसोलेसनमा बसिरेहका उनलाई अहिलेसम्म लक्षण भने देखिएको छैन । मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ु
प्रतिक्रिया