आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २२.३१ अंकले बढेको छ ।
कारोबारको सुरुमा केही समय ओरालो लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५३ प्रतिशतले बढेको छ ।
आज १४६२.६९ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४८४.९९ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये अँितम समय सम्म आउँदा पनि होटेल क्षेत्र भनि उकालो लाग्न सकेन ।
आज कारोबारमा अन्तिम समयसम्म आएका १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ४० हजार २०६ पटक खरिद विक्री हुदाँ ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख ४६ हजार ३०५ कित्ता शेयर ५ हजार २९५ पटक खरिद विक्री हुदाँ २८ करोड ७१ लाख ४३ हजार रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।
प्रतिक्रिया