लिवर्टीको आईपीओ बाँडफाँड, कसले कति कित्ता शेयर पाए ?

५ बर्ष अगाडि

काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले भख्खर मात्र उक्त कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । 

कम्म्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ लाख ८५ हजार जनाले ७० करोड रुपैयाँ बराबरको शेयरका लागि आवेदन दिएका छन् । त्यसमध्ये १ लाख ८८ हजार ३७३ योग्य आवेदककले १० कित्तादेखि ४० कित्ता सम्म शेयर पाएका छन् । 

एनआइबिएल एस क्यापिटलकाअनुसार ९४ हजार ९०४  जनाले १० कित्ता शेयर पाएका छन्  । यसैगरि ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएको पाइएको छ । यस्तै, गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएको एसआईबिएलले बताएको छ । आईपिओमा परेको १२६ आवेदन भने रद्द भएको छ । 
एनआईविएल एसकाअनुसार ३० कित्तासम्म माग  गर्ने आवेदकलाई मागेजति नै आईपीओ दिइएको छ । ३० कित्ता भन्दा बढी आवेदन दिनेलाई भने गोलापर्थाद्वारा थप १० कित्ता दिइएको हो। 

५ बर्ष अगाडि

प्रतिक्रिया