कारोबारको पहिलो घण्टामा ९ अंकले उकालो लाग्यो नेप्से, ६८ करोडभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ९.५२ अंकले उकालो लागेको छ ।

कारोबारको सुरुमा केही समय  ओरालो  लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ०.६५ प्रतिशतले बढेको छ ।

आज १४६२.६९  को बिन्दुबाट सुरु भएको कारोबार १२ बजे सम्म बढेर  १४७२.१९ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र ओरालो लागेको छ ।

अहिले कारोबार भईरहेका १६९ कम्पनीको १५ लाख २१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६८ करोड ९२ लाख २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया