बैंक अफ काठमाडौंको संस्थापक शेयर लिलामी स्थगन

५ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमान्डौं (बीओके) को संस्थापक समूहको सेयर लिलामी स्थगित गरिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको निषेधज्ञाका कारण शेयर लिलामी स्थिगत गरेको हो । 
बैंकले आज एक सुचना जारी गर्दै अर्काे सुचना नआउने सम्मलाई शेयर लिलामी स्थत गरेको जनाएको हो । हाललाई आवेदन लिने काम स्थगत गरिएको हो । 
सामान्य अवस्था आएपछि  शेयर लिलामीमा बिक्री गरिने बताइएको छ । 
बैंकले यसअघि भदौ १ गतेबाट भदौ ८ गतेसम्मको अवधी तोकेर शेयर लिलामीमा ल्याएको थियो । त्यसपछि म्याद थप गरेर भदौ १५ सम्म पुर्याएको थियो । यस अवधीमा निषेधाज्ञा भएपछि स्थगन गरिएको हो । बैंकले ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया