नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यलय समय भित्र उक्त शेयरमा आवेदन दिन सकिने बताइएको छ । 
कोषले प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर भदौ ८ गतेबाट सेयर लिलामीमा ल्याएको हो । सोही शेयर किन्ने आज अन्तिम दिन हो । 
उक्त शेयरमा इच्छुक कम्पनी तथा लगानीकर्ताले न्यूनतम २ हजार ३ सय रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । साथै, न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन दिनुपर्ने शर्त राखिएको छ । 
यस शेयरको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया