काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आज बाँडफाँड हुने भएको छ । आज १२ बजे नै उक्त आईपीओ बाँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले बताएको छ ।
आज १० बजे नै आईपीओ बाँडफाँड गर्ने भनिएको थियो । नेपाल धितोपत्र बोर्डले १२ बजे बाँडफाँड गर्न निर्देशन दिएको हो ।
बाँडफाँड गरिएको कार्यक्रम फेसबुक मार्फत पनि लाइभ गर्ने बताइएको छ ।
कम्म्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ लाख ८५ हजार जनाले ७० करोड रुपैयाँ बराबरको शेयरका लागि आवेदन दिएका छन् ।
प्रतिक्रिया