काठमाडौं उपत्यकामा गएको २४ घण्टामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा उपत्यकाका ३ जिल्लामा ४२९ जना संक्रमित फेला परेको जानकारी दिएको हो ।
प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जनाए ।
प्रतिक्रिया