थप १४ जनाको मृत्यु , मृतकको संख्या २ सय २१ पुग्यो

५ बर्ष अगाडि

नेपालमा बितेको  २४ घण्टामा थप १४ जनाको कोरोनाभाइरस सङ्क्रमण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै मृतकको  सङ्ख्या २२१ पुगेको छ ।

आइतवार मृत्यु पुष्टि भएकाहरूमा चार जना महिला र १० जना पुरुष रहेका छन्।

तीमध्ये महोत्तरीका तीन जना, सुनसरी र रूपन्देहीका दुई-दुई जना रहेका छन्।

मृत्यु हुने महिलाहरूमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाण्डूकी ७२ बर्षीया व्यक्ति रहेका छन्।

पुरुषहरूमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललिपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय एवम् रुपन्देहीका ५७ र ६७ वर्षीय व्यक्ति रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया