नेपालमा बितेको २४ घण्टामा थप १,२२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै सङ्क्रमित कुल सङ्ख्या ३८,५६१ पुगेको छ ।
अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।
देशभरि क्वारन्टीनमा ७,७९७ जना छन्।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २१७ जना भेन्टिलेटरमा छन्।
प्रतिक्रिया