आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिचसूक ११.५९ अंकले ओरालो लागेको छ ।
१४५८.५६ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिमा १४४६.५४ को बिन्दुमा पुगेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ०.७९ प्रतिशतले घटेकाे हाे ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छन् ।
कारोबारको अन्तिम समयसम्म १५६ कम्पनीको १० लाख ६६ हजार कित्ता शेयर १७ हजार ६०५ खरिद विक्री हुदाँ ४६ करोड ६३ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १५ करोड ४२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबारको भई उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया