एक महिनामै जीवन बीमा कम्पनीहरुले उठाए १० अर्ब बीमाशुल्क

५ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउनमा १० अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार १९ कम्पनीले एक महिनामा रु. २ अर्ब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेका छन् । ७ अर्ब ९२ करोड भने नविकरण बीमाशुल्क संकलन भएको समितिको भनाइ छ । 
बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त कम्पनीले रु. ३ अर्ब ९७ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले १ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, एलआईसी नेपालले रु. १ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । 

हेर्नुहोस, कुन कम्पनीको कति बीमाशुल्क 
राष्ट्रिय बीमा संस्थानः ३६ करोड
नेशनल लाइफः १ अर्ब ६ करोड 
नेपाल लाइफः ३ अर्ब ९७ करोड 
एलआईसी नेपालः १ अर्ब ५ करोड 
मेट लाइफः ४४ करोड 
एसियन लाइफः ५२ करोड 
सुर्या लाइफः ३५ करोड 
गुरासँ लाइफः ३३ करोड 
प्राइम लाइफः ३७ करोड 
आईएमई लाइफः २० करोड 
युनियन लाइफः ४८ करोड 
ज्योति लाइफः १८ करोड 
सन नेपालः ११ करोड 
रिलायन्स लाइफः १२ करोड 
रिलायवल नेपाल लाइफः १६ करोड 
सिटीजन्स लाइफः १२ करोड 
सानिमा लाइफः ९ करोड 
प्रभु लाइफः ८ करोड 
महालक्ष्मी लाइफः ५ करोड 

५ बर्ष अगाडि

प्रतिक्रिया