कारोबारको पहिलो घण्टा : १३ अकंले ओरालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १३.११ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १३ अकंले ओरालो लागेको हो ।

आज १४५८.५६ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४४४.९३ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४५८.५६  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.९० प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १४८ कम्पनीको ९ लाख ४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया