आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

७ बर्ष अगाडि

काठमाडौं–एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४÷७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।

 नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो ।

गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएकाले वृद्धिदर घटेको एडीबीको दाबी छ । ‘अघिल्लो वर्षमा कृषि क्षेत्रको उच्च योगदानसहित ७ दशमलव ४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन÷भदौमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धि घटेको हो,’ एडीबीले भनेको छ ।


अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ । एडीबीका अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव ८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६ दशमलव ६ प्रतिशत छ । भूकम्पपछिको पुनर्निर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडीबीले उल्लेख गरेको छ ।राजधानी दैनिकमा खबर छापिएकाे छ । 

यो सँगै एडीबीले चालू आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धि गत आर्थिक वर्षको भन्दा पनि घटेर जम्मा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यो वृद्धिलाई विगत १० वर्षको औषत वार्षिक वृद्धिको तुलनामा भने उल्लेखनीय भएको उसले जनाएको छ । यस वृद्धिलाई २०७४ मा भएका निर्वाचनपछिको अपेक्षित राजनीतिक स्थिरता, राम्रो मनसुन र ठूला आयोजनाहरुको तीव्र कार्यान्वयनका प्रयासले भरथेग गर्ने उसको दाबी छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया