विदेशमा थप ३ नेपालीको मृत्यु

५ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणबाट विदेशमा  यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । योसँगै विदेशमा मृत्यु हुने नेपालीको संखया १९५ पुगेको छ । हालसम्म कोरोनाबाट  १७ देशमा  १९५ जना नेपालीहरुको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 
समितिका अनुसार शनिवार साँझसम्म यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो ।  

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल,  स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ  । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म  विदेशमा  ३४ हजार  ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।  

यसैबीच गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरसको संक्रमणको जोखिम  कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया