अर्थमन्त्रीको कार्यशैली राम्रो छ  ः प्रधानमन्त्री

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री परिवर्तनको विषय २ ४ दिन पर्खनुपर्ने बताएका छन् ।

प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अर्थमन्त्री परिवर्तनको कुरा भर्खर भन्न नसकिने बताएका छन् । 

उनले अर्थमन्त्रीको कामबाट आफू सन्तुष्ट रहेको र उनको कार्यशैली राम्रो रहेको प्रतिकृया दिए ।

अर्थमन्त्रीको कार्यशैलीप्रति टिकाटिप्पणी भएको विषयप्रति उनले सबैका कार्यशैली सबैलाई मन नपर्न पनि सक्ने बताए । 

तर पनि प्रधानमन्त्रीले सरकारका योजनाहरु सफल पार्न र उपलब्धि हासिल गर्नका लागि प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेला पनि परिवर्तन गर्न सक्ने उनकाे भनाइ छ । 'यदी मेरो नजरमा युवराज खतिवडाले भन्दा अर्कोबाट राम्रो होला कि भन्ने लाग्यो भने परिवर्तन गर्न सकिन्छ तर युवराज खतिवडाबाटै राम्रो हुन्छ भन्ने लाग्यो भने परिवर्तन गर्न सक्छ  ', उनले भने । 

्तन
 

५ बर्ष अगाडि

प्रतिक्रिया