थपिए ८८४  जना नयाँ कोरोना संक्रमित , कुल संक्रमितको संख्या ३७ हजार नाघ्यो

५ बर्ष अगाडि

नेपालमा गएको २४  घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८   रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया