कोरोनाले ४९ हजार नेपालीको मृत्यु हुने अनुमान गलत छ : डा. रवीन्द्र पाण्डे

जनस्वासथ्यविज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसका कारण आगामी पुससम्म नेपालमा ४९ हजार २ सय जना नेपालीको मृत्यु हुने अक्स्फोर्ड विश्वविद्यालयले गरेको अनुमान गलत भएको दावी गरेका छन् । 

सो अध्यायनले सार्वजनिक गरेको कुनै तथ्यांक नमिलेकोले उसको अनुमान शत प्रतिशत गलत रहेको डा. पाण्डेको दावी छ । 

‘एउटा अध्येताको नाताले म दावी गर्दछु कि – त्यो अनुमान सय प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ’, उनले भने । 

केहीदिन अघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले आगामी डिसेम्बरसम्म नेपालमा कोभिड–१९ संक्रमित करिब ४९ हजार व्यक्तिको मृत्यु हुनसक्ने अनुमान सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

शोधकर्ताहरू प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा। दिप्ती लता तथा डा. राशिद जमान सहभागी उक्त अध्ययन प्रतिवेदनमा  नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक(फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेर यस्तो प्रक्षेपण सार्वजनिक गरिएको थियो । 

अध्ययन प्रतिवेदनमा गत मे महिनामा नेपालमा देखिएका कोभिड–१९ का नयाँ केस, अन्य समुदायबाट आयातित केस र समुदायस्तरमा फैलिएको संक्रमण,  नेपालमा लकडाउनको अवस्था,  त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरिएको भनिएको छ । 

तर ज्ञ जनस्वास्थ्यविडा. पाण्डेयले उनीहरुको अनुमानका आधारमा सार्वजनिक गरिएको निष्कर्षले आम जनमानसमामा त्रास उत्पन्न भएको बताएका छन् । 

‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि छैनन्’, उनी भन्छन्, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ना र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु  ।’

५ बर्ष अगाडि

प्रतिक्रिया