राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ नम्बर ?

५ बर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।

बैंकले वागमती अंचलका ५ जिल्ला बाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरेको हो । 

यसअघि १२ वटा अंक भएको खातानम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम गरिएको बैंकले जनाएको छ । 

आफ्नो खाता नम्बर परिवर्तन भइसकेपछिको नयाँ नम्बर मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङबाट वा कार्यालयमा फोन गरेर समेत जानकारी लिन सकिने बैंकले जनाएको छ ।

त्यसका लागि सम्बन्धित शाखा वा केन्द्रीय कार्यालयको फोन नम्बर ०१–४२६८४१० तथा ०१–५९७००१८ मा सम्पर्क गरेर जानकारी लिन सकिने छ । 

मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकलाई भने एमएमएसबाट नयाँ खाता नम्बरबारे जानकारी पठाइएको बैंकले जनाएको छ । 

रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका शाखाहरुबाट खाता खोलेका ग्राहकको भने खाता नम्बर परिवर्तन भएको छैन । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया