५ लाख ६७ हजार जनाले पाए रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर,  २० हजार ५०९ जनाले पाएनन्

५ बर्ष अगाडि

गत भदौ ४ गतेदेखि निष्काशन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ६७ हजार जनाले प्राप्त गरेका छन् । 

शुक्रबार अबेर बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको सेयर २० हजार ५०९ जनाले शेयर पाएउन सकेनन् । 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आबेदद गर्दा सबै प्रकृया पूरा गरेका योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले गोलाप्रथाबाट आईपीओ बितरण गरिएको थियो । 

कम्पनीको आईपीओका लागि ५ लाख ८९ हजार ४६४ जनाले आबेदन दिएकोमा १ हजार ९५५ जनाको आवेदन रद्द भएको थियो । बाँकी रहेका ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदलाई गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको थियो । 

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएकोमा सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि  ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया