नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।

बितेको २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित १६ हजार १९  रहेको छ। हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया