राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ, यादव  उपस्थित भएनन्

७ बर्ष अगाडि

काठमाडौँ- राष्ट्रियसभाका ५५ जना सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएकी हुन्  । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका थिए  । 

शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित भएनन् । 

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ । 


सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँनीहरुको शपथ रोकिएको हो । 

यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन्  । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया