काठमाडौं – समाज लघुवित्त वित्तिय संस्थाको आईपीओ शनिबार बाँडफाँड गर्ने तयार हुने भएको छ । शेयर बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शनिबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको ह ो ।
लघुवित्तले गत भदौ४ गते प्रतिकित्ता रु. १०० को दरमा ८६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ, जसअनुसार बाँकी रहेको ८० हजार ७०० कित्तामा सर्वसाधारणले पाउने छन् ।
कम्पनीको उक्त आईपीओमा ५ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् । त्यसमा ८ हजार ७० जनाले मात्र यो आईपीओ पाउने छन् ।
प्रतिक्रिया