अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।
आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।
प्रतिक्रिया