ललितपुर–ललितपुरको मंगलबजारमा आगलागी भएको छ । ललितपुर महानगरपालिका लुकुसी भन्ने स्थानमा स्थानीय किरण महर्जनको ५ तले घरमा आगलागी भएको हो ।
आगलागी भएलगत्तै महानगरपालिकाका २ वटा दमकल र प्रहरी तथा स्थानीयबासिको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
मैन बत्ति बनाउने क्रममा आगो सल्किएको महानगरीइ प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।
आगलागीबाट घर धनी किरण महर्जन घाइते भएका छन् । अन्य क्षतीको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया