काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बिहीबार पनि सकरात्मक सर्किट लागेको थियो । उक्त कम्पनीको बुधबारदेखि शेयर कारोबार सुरु भएको थियो । बुधबार पनि सकरात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर मुल्यमा आज पनि सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर मुल्य ३३६ बाट बढेर ३६९ रुपैयाँ पुगेको छ ।
यसै हप्ता कम्पनीको १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । हिजो पनि कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेर ३३६ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया